१७ वैशाख, काठमाडौं ।


राष्ट्रपति रामचन्द्र पौडेलले बुद्ध दर्शनलाई व्यवहारमा रुपान्तरण गर्न सकेमात्रै दिगो शान्ति र समृद्धिको आधार निर्माण गर्न सकिने बताएका छन् ।
बिहीबार ललितपुरमा आयोजित बौद्ध सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
बुद्धका अहिंसामैत्री, करणा र प्रज्ञाका सन्देशलाई व्यवहारमा रुपान्तरण गर्न सकेमा मात्र दिगो शान्ति र समृद्धिको आधार निर्माण हुने राष्ट्रपति पौडेलको भनाइ थियो ।
आजको विश्व अनेकन समस्याहरु द्वन्द्व, श्वार्थ परायनता, आदर्श स्खलन, नैतिकताको क्षयीकरण, असहिष्णुता र मानवीय मूल्यहरुको ह्रासबाट प्रताडित भइरहेको उल्लेख गर्दै उनले यस्तो अवस्थामा बुद्धको उपदेशहरू अझ सान्दर्भिक बन्दै गएको पनि स्पष्ट पारे ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














