काठमाडौँ, १८ वैशाखः


पेसागत महासङ्घ नेपालले १३८औँ अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा ‘ट्रेड युनियन अधिकार र सुरक्षा’ विषयमा छलफल गरेर सरोकारका विषय सार्वजनिक गरेको छ ।
महासङ्घका अध्यक्ष पुण्यप्रसाद ढकालले लोकतान्त्रिक शासन पद्धति अँगालेका मुलुकका मान्यता, नेपाल अन्तरराष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को पक्ष राष्ट्र भएको र नेपालको संविधानका व्यवस्थाका आधारमा ट्रेड युनियन अधिकार कायम हुनुपर्नेमा जोड दिनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पूर्वकेन्द्रीय सदस्य बाबुराम थापाले ट्रेड युनियन अधिकारलाई स्थापित गरेर जाँदा नै सरकारका कामलाई प्रभावकारी बनाउन सहज हुने धारणा व्यक्त गर्नुभयो ।
नेपाल निजामती कर्मचारी सङ्गठनका अध्यक्ष भवानी न्यौपानेले आफूहरू विद्यमान कानुनी व्यवस्थाअन्तर्गत नै सञ्चालित भएकाले ट्रेड युनियन खारेज गर्न नहुने बताउनुभयो । महासङ्घका उपाध्यक्ष सुशीला श्रेष्ठले ट्रेड युनियन अधिकार रक्षाका लागि एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो ।
–––
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














