मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । पर्सा अदालतको आदेशपछि उनलाई साधारण तारेखमा रिहा गरिएको हो । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं साधारण तारेखमा रिहा गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी हरि बस्नेतले बताए । मंगलबार जिल्ला अदालत पर्साका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश दिएको हो।
सरकारी वकिलको कार्यालय पर्साले सोमबारमात्रै उनीविरूद्ध राज्यविरूद्ध कसुर र विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा मुद्दा दायर गरेको थियो। सर्वोच्च अदालतका न्यायाधीशहरू विनोद शर्मा र नित्यानन्द पाण्डेयको इजलासले जेठ ८ गते प्रसाईंलाई हिरासतमा राख्नलाई थप म्यान नलिन प्रहरीका नाममा आदेश दिएको थियो। उनको मुद्दाको अनुसन्धान सकिएमा दर्ता गर्न र नसकिएको अवस्थामा भने छाडेर जेजस्तो कारबाही गर्नुपर्ने हो त्यसलाई अघि बढाउन आदेश दिएको थियो।


प्रहरीले जेठ ४ गते प्रसाईंलाई पक्राउ गरेको थियो। उनलाई जेठ ५ गते तीन दिनका लागि म्याद थप भएको थियो। दोस्रो पटक जेठ ७ गते चार दिनका लागि म्याद थप भएको थियो।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal










