काठमाडौँ ।

कांग्रेस नीति, अनुसन्धान अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक बुधबार दिउँसो १ बजे बस्ने भएको छ ।

पार्टीका कार्यवाहक मुख्यसचिव कृष्ण प्रसाद पौडेलले विहान ११ बजे बस्ने भनिएको बैठक विशेष कारणवश दिउँसो १ बजे बस्नेगरि समय परिवर्तन गरिएको जानकारी दिए । उक्त बैठकमा विशेष गरी विभिन्न उपसमितिहरूका संयोजकहरूले आ–आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित अवधारणा पत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।बैठकमा प्रतिष्ठानले तयार पारेको प्रस्तावित आन्तरिक आचारसंहितामाथि समेत विस्तृत छलफल हुने बताइएको छ । पार्टीको आन्तरिक पद्धतिलाई थप व्यवस्थित बनाउन ल्याइएको सो आचारसंहिताका विषयमा सदस्यहरूले आ–आफ्नो धारणा राख्नेछन्।

बैठक पार्टीको केन्द्रीय कार्यालय विपि स्मृति भवन सानेपामा बस्ने छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ