

२७ जेठ, पोखरा । गण्डकी विश्वविद्यालयको रजिस्ट्रारमा डा. ढाकाराम भण्डारी नियुक्त भएका छन् । उपकुलपति डा. कृष्ण अधिकारीको संयोजकत्वमा गठित समितिको सिफारिसमा परेका ३ जना प्रतिस्पर्धीबाट भण्डारीको नाम छनोट भएका हुन् । कुलपति प्राडा इन्द्रप्रसाद तिवारीले भण्डारीलाई बुधबार नियुक्त गरे ।डा. भण्डारी गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठान (जिपास्ट) का पूर्व कार्यकारी निर्देशक थिए । हाल सेन्टर फर इन्भाइरोन्मेन्टल एन्ड सस्टेनेबल एग्रिकल्चरल रिसर्च (सिजार)का कार्यकारी निर्देशक हुन् ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal










