काठमाडौँ, २८ जेठः


प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बजेटसँग सम्बन्धित दुई विधेयक प्रस्तुत गर्नुभएको छ ।
आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल र जवाफपश्चात् अर्थमन्त्री डा वाग्लले ‘विनियोजन विधेयक, २०८३’ र ‘नेपाल राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ लाई प्रस्तुत गर्नुभएको हो ।
अर्थमन्त्री डा वाग्लले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्तुत गर्नुभयो । अहिले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ माथि छलफल जारी रहेको छ ।
–––
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal










