अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप २०२६ अन्तर्गत नकआउट चरणका खेलहरु आज राती देखि सुरु हुँदैछ । समूह चरणका ७२ खेलपछि नकआउट चरणमा पुग्ने ३२ टोलीको टुङ्गो लागिसकेको छ र अब नकआउट चरणको खेलहरु हुनेछ । अहिलेसम्मकै ठुलो विश्वकपमा ४८ टोलीले प्रतिस्पर्धा गरेका थिए । त्यसबाट ३२ टोली अगाडि बढ्दा १६ टोली समूह चरणबाटै बाहिरिए ।नकआउट चरणमा यसै संस्करणबाट थप भएको राउण्ड अफ ३२ चरणको खेलहरु सुरुमा हुनेछन् । राउण्ड अफ ३२ को पहिलो खेलमा सहआयोजक क्यानडाले दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्दैछ ।

दुवै टोलीले आफ्नो फुटबल इतिहासमै पहिलो पटक विश्वकपको नकआउट चरणमा स्थान बनाएका हुन् । दुवै टोली आफ्नो समूहमा उपविजेता बनेका थिए ।
विश्वकपमा पहिलो पटक नआउट चरण खेल्न लागेका यी दुई टोली पहिलो पटक विश्वकपमा आमने सामने हुन लागेका हुन् भने समग्रमा यो दोस्रो भेट हुनेछ । सन् २००७ मा डर्बानमा भएको मैत्रीपूर्ण खेलमा दक्षिण अफ्रिकाले क्यानडलाई २-० ले पराजित गरेको थियो ।

दक्षिण अफ्रिका समूह ए को उपविजेताको रुपमा नकआउट चरण पुगेको हो भने क्यानडा समूह बी को उपविजेताको रुपमा समूह चरणबाट अघि बढेको हो । यसै विश्वकपबाट थपिएको नयाँ राउण्ड राउण्ड अफ ३२ मा दुई नयाँ टोली दक्षिण अफ्रिका र क्यानडा इतिहास रच्दै पहिलो पटक पुगेका छन् र अब प्रिक्वाटरफाइनल पुग्दै अर्को इतिहास रच्ने लक्ष्यमा छन् ।यो खेल नेपाली समय अनुसार सोमबार बिहान पौने १ बजे सुरु हुनेछ । यो खेल अमेरिकाको लस एन्जलस स्टेडियममा हुनेछ ।

यस खेलको विजेता नेदरल्यान्ड्स र मोरक्कोबीचको खेलको विजेतासँग अन्तिम १६ अर्थात प्रिक्वाटरफाइनलमा प्रतिस्पर्धा गर्नेछ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ