३० साउन, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलाको नाम फेरेर ‘राष्ट्रिय सम्मेलन’ मा परिणत गरिएको छ ।


शनिबारदेखि सुरु भएको बन्दसत्रमा विभिन्न समितिका प्रतिवेदनहरू पेस हुँदैगर्दा भेलालाई ‘राष्ट्रिय सम्मेलन’ मा परिणत गरिएको हो ।
संस्थापन इतर समूहले सुकेधाराको मिराकल पार्टी भेन्युमा भेलाका लागि राखिएको ब्यानर परिवर्तन गरेको छ । परिवर्तित ब्यानरमा ‘राष्ट्रिय सम्मेलन’ लेखिएको छ ।
देउवा समूहका प्रचार–प्रसार समिति संयोजक मीन विश्वकर्माले विधानले भेलालाई नचिन्ने भएकाले सम्मेलन भनिएको प्रतिक्रया दिए ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal










