३१ साउन, काठमाडौं

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र पुनर्गठनको वकालत गर्नेहरूलाई अराजक संज्ञा दिएका छन् ।

झापा एमालेले गरेको ‘मिसन पार्टी जागरण अभियान’को उद्घाटन गर्दै ओलीले अध्यक्ष फेर्ने भन्दै अराजक गतिविधि नगर्न चेतावनी दिएका हुन् ।

एमाले अहिले पुनर्गठनको अवस्थामा नरहेको पनि उनले बताए । ‘आज पुनर्गठन होइन, पुनर्जागरणको अवस्थामा छौं,’ ओलीले भने । नेतृत्व फेर्ने प्रक्रियालाई मात्र पुनर्गठन नभनिने तर्क समेत उनले गरे । ‘अहिले पार्टी पुनर्गठन जो भनिएको छ, वास्तवमा पुनर्गठन होइन । कुनै जनसंगठनको होला, सिंगै पार्टीको पुनर्गठन होइन,’ ओलीले भने, ‘कुनै कमिटीको होला । त्यस्तो व्यापक रूपमा भइरहन्छ । अधिवेशनहरू गरिरहन्छौं, पुनर्गठन हुँदैन ।’

विगतका अध्यक्षहरूको नाम लिएर ओलीले नेतृत्व फेर्ने कुरा मात्र पुनर्गठन नभएको बताए । नीति, गन्तव्य र कार्यक्रम बदल्ने कुरा चाहिँ पुनर्गठन हुने ओलीको भनाइ थियो ।

आफ्नो नेतृत्वमा कुनै समस्या नरहेको पुष्टि गर्न ओलीले विगतका घटनाक्रमहरूको लामै व्याख्या गरे । बेलाबेला आफूविरुद्ध पार्टीभित्र गतिविधि हुने गरेको पनि ओलीले सम्झिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ