तिब्बतबाट रसुवा हुँदै  भोटेकोशी नदीमा आएको ठूलो बाढीका कारण नदी आसपासका क्षेत्रमा ठूलो मात्रामा क्षति भएको छ । बाढीले नदी किनाराका बस्तीहरू बगाएका छन् । स्थानीय तहका जनप्रतिनिधिहरूका अनुसार रसुवाको स्याफ्रुबेसीदेखि तलका नदी किनारामा रहेका भौतिक संरचनाहरूमा क्षति पुगेको छ । मानवीय क्षतिको विवरण अहिलेसम्म आइसेकको छैन ।

बिहान आएको बाढीले सात वटा विद्युत् आयोजनामा क्षति पुर्‍याएको छ । ऊर्जा मन्त्रालयका अनुसार ४३१.१ मेघावाट विजुली क्षतिका कारणले प्रणालीबाट बाहिर गएको छ । रसुवागढी विद्युत् आयोजनाको १११ मेघावाट क्षति पुगेको छ । चिलिमेको २२, लाङटाङको २०,  अप्पर त्रिशुली ३ एको ६०, त्रिशुली विद्यत आयोजनाको २४, देवीघाटको १४ र विद्युत प्राधीकरणको सोलार प्रणालीको २५ मेघावाट गरी कूल ४३१.१ मेघावाट विद्युत प्रणालीबाट बाहिर रहेको मन्त्रालयले जानकारी गराएको छ ।

प्रत्यक्ष क्षति पुगेका आयोजनाहरू:

रसुवागढी — १११ मेगावाट
सलासुङ्गी (सान्जेन) — ७८ मेगावाट
अपर साञ्जेन — १४.८ मेगावाट
सान्जेन — ४२.५ मेगावाट
चिलिमे — २२ मेगावाट
लाङटाङ — २० मेगावाट
अपर त्रिशूली थ्री ए — ६० मेगावाट
अपर मैलुङ — १४.८ मेगावाट
मैलुङ — ५ मेगावाट
त्रिशूली — २४ मेगावाट
देवीघाट — १४ मेगावाट
सोलार प्रणाली — २५ मेगावाट

बाढीको जोखिम अझै कायम रहेकाले नदी तथा खोलाको आसपास, तटीय क्षेत्र र जोखिमयुक्त स्थानमा रहेका सर्वसाधारण तथा प्राधिकरणका कर्मचारीलाई उच्च सतर्कता अपनाउनसमेत प्राधिकरणले अनुरोध गरेको छ। साथै, आधिकारिक सूचनाबाहेकका अपुष्ट समाचार तथा अफवाहमा विश्वास नगर्न आग्रह गरिएको छ।

रसुवामा यसअघि पनि बाढीका कारण जलविद्युत आयोजना तथा प्रसारण संरचनामा ठूलो क्षति पुगेको थियो। पछिल्लो बाढीले पुनः ऊर्जा पूर्वाधारमा असर पारेपछि उत्पादनदेखि प्रसारण र वितरणसम्मको विद्युत प्रणाली प्रभावित हुने जोखिम बढेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ