स्याङ्जामा पछिल्ला तीन महिनामा ४३९ जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाका अनुसार असारमा ६०, साउनमा १५९ र भदौमा २२० जनामा संक्रमण देखिएको हो । स्थानीय तहमध्ये सबैभन्दा धेरै संक्रमण वालिङ नगरपालिकामा देखिएको छ । वालिङमा असारमा ३४, साउनमा ९१ र भदौमा ११९ गरी २४४ जनामा स्क्रब टाइफस पुष्टि भएको छ ।

त्यस्तै कालीगण्डकी गाउँपालिकामा असारमा ११, साउनमा २३ र भदौमा ६० गरी ९४ जना, चापाकोट नगरपालिकामा क्रमशः ५, १७ र १५ गरी ३७ जना तथा अर्जुनचौपारी गाउँपालिकामा २, ८ र १५ गरी २५ जनामा संक्रमण देखिएको छ । भीरकोट नगरपालिकामा असारमा ४ र साउनमा १३ गरी १७ जना, गल्याङ नगरपालिकामा ४ र ६  गरी १६ जना तथा पुतलीबजार नगरपालिकामा साउनमा १ र भदौमा ५ गरी ६ जनामा संक्रमण पुष्टि भएको छ ।

फेदीखोला, आँधीखोला, बिरुवा र हरिनास गाउँपालिकामा उक्त तीन महिनामा संक्रमणको संख्या शून्य रहेको प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाका सूचना अधिकारी एवं तथ्यांक अधिकृत विनोदप्रसाद भट्टले जानकारी दिए । उनका अनुसार जिल्लामा स्क्रब टाइफस संक्रमणको संख्या बढ्दै गएको छ भने अवस्था नियमित रूपमा अद्यावधिक गर्ने गरिएको छ ।

स्वास्थ्यकर्मीका अनुसार बिरामीको संख्या र संक्रमणको अवस्थालाई हेर्दा जिल्लामा स्क्रब टाइफसको जोखिम अझै कायम छ । वर्षायाम र वर्षापछिको समयमा यसको जोखिम बढी हुने भएकाले लक्षण देखिएमा समयमै स्वास्थ्य संस्थामा पुगेर परीक्षण तथा उपचार गराउन उनीहरूले आग्रह गरेका छन् ।

स्क्रब टाइफस के हो र कसरी सर्छ ?

अहिले डेंगु संग संगै स्क्रब टाइफस भन्ने रोगको पनि नेपालका कतिपय जिल्लाहरुमा महामारी फैलिएको छ | स्क्रब टाइफसका लक्षण डेंगुको जस्तै भए पनि यो रोग डेंगु भन्दा ३० गुणा बादी घातक रोग हो | यो रोग “ओरेनसिया सुसुगामुसी ” भन्ने ब्याक्टेरियाबाट लाग्ने रोगहो जसको संक्रमण मानिसमा एक प्रकारको ‘माइट’ को टोकाई बाट हुन्छ | हालसम्म नेपालको ६१ जिल्लामा यो रोग देखापरेको छ  भने ६१५ जना संक्रमण भएको छ | समयमै यसको उपचार नगरेमा मानिसको ज्यान पनि जान सक्छ |स्क्रब टाइफस  बाट कसरी बच्ने ?

  • डेंगुको जस्तै स्क्रब टाइफस बिरुद्ध कुनै खोप छैन | त्यसैले यो रोगबाट बच्ने उपाय भनेकै स्क्रब टाइफस संक्रमित माइटस को टोकाई बाट बच्नु हो |
  • यी माइट्स हरु स साना बोट बिरुवाहरुको  झाडी तिर र यस्ता झाडी तिर बस्ने मुसाका कानमा  पाइने हुना ले सकेसम्म यस्ता झाडी भएका ठाउबाट टाडा रहनुपर्छ |
  • यदी घरबाट बाहिर यस्ता ठाउ हरु मा काम गर्नुपर्छ भने, माइट्स निवारक स्प्रे हरु प्रयोग गर्नुपर्छ |

स्क्रब टाइफसका लक्षण के के हुन् ?

  • धेरै ज्वरो आउने (१०४ भन्दा माथि )
  • टाउको दुख्ने, जिउ गल्ने , मांसपेशी दुख्ने
  • शरीरमा विविराहरु देखिने
  • टोकेको ठाउमा कालो दाग देखिने

यदी यस्ता कुनै लक्षन हरु तपाइँ र तपाईका वरपरका कोहीमा देखिएमा नजिकको स्वास्थ्य चौकी / अस्पतालमा परामर्श लिनुहोला |

 

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ