सरिता गैह्रे, स्याङ्जा
देशभर बिभिन्न पार्टिका चुनावी कार्यक्रमहरु तिब्ररुपमा चलिरहेका छन् ।स्याङ्जामा रहेका दुई प्रतिनिधि सभा सदस्य र चार प्रदेश सभा सदस्यका उम्मेदवारलाई जिताउन राजनैतिक दलका सदस्यहरु र स्वतन्त्र विचारका समूहहरु चुनावी प्रचार प्रसारमा व्यस्त भएका छन् । त्यसै क्रममा स्याङ्जा काँग्रेसले पनि आफ्नो चुनावी गतिबिधीको प्रकाशित नै गरेर चुनावी गतिबिधी सुरु गरेको छ । स्याङ्जा क्षेत्र नम्बर १ मा पार्टिका जिल्ला सभापति राजु थापा प्रतिनिधि सभा सदस्यका लागि उमेद्वार भएका छन भने क्षेत्र नम्बर २ मा केन्द्रिय उपसभापती धनराज गुरुङ उमेद्वार रहेका छन ।सभापती थापा कम्युनिस्टको किल्ला भात्काउदै सम्बिधानसभा सदस्य निर्वाचित भएका हुन् भने बिद्यार्थी राजनीति बाट उदाएका गुरुङ गएको महाधिबेसनबाट काँग्रेस केन्द्रिय उपसभापती निर्वाचित भएका हुन् ।


क्षेत्र नम्बर २ मा एमालेकै तर्फ बाट केन्द्रिय सचिब पद्मा अर्यालले प्रतिस्पर्धा गर्दै छिन् । यस क्षेत्रलाई जिल्लाका नेता कार्यकर्ता सँगै देश भरीबाट पनि ध्यानपुर्बक नजर परेको छ । अर्याल ति ब्यक्ती हुन जो मत्री हुँदा धेरै पटका बिबादमा तानिएकी थीइन् । उनको धमिलो छबिका कारण पनि यस पटका एमाले कार्यकर्तामा चुनाव प्रती खासै उत्साह जागेको देखिदैन । उनी सँगै प्रतिस्पर्धामा रहेका धनरज गुरुङ भने हाल सम्म प्रत्यक्ष चुनाव नलडेका र हेबी वेटका ब्याक्ती भएकाले पनि गुरुङ प्रती जनताको चासो उत्सहाजनक रहेको देखिन आएको छ । गुरुङको साथमा प्रदेश सदस्यमा क क्षेत्रबाट काँग्रेसका पुराना नेता तथा वालिङ नगरपालिकाका पुर्व मेयर भोजराज अर्याल उमेद्वार रहेका छन भने ख क्षेत्र बाट युवा नेता गल्याङ नगरपालिका वडा नम्बर ३ का पुर्व वडा अध्यक्ष महेश भट्टराई रहेका छन् । दुबै नेता जनतामाझ भिजेका करण पनि स्याङ्जा क्षेत्र नम्बर २ मा अरु पार्टिका भन्दा काँग्रेसका नेताकार्यकर्ता यो चुनावमा काँग्रेसले बाजी मार्ने आकलन गरेका छन् ।

यस अघीको प्रतिनिधि तथा प्रदेश सभा चुनावमा स्याङ्जा क्षेत्र नम्बर २ ख मा मात्र काँग्रेसले बिजयी हासिल गरेका कारण पनि यो क्षेत्र अन्य भन्दा महत्वपूर्ण रुपमा हेरिएको छ । राजनीतिक तथा सामाजिक कार्यमा सकृय भट्टराई परिवारका सदस्य महेश भट्टराई तरुण राजनीतिबाट राजनीतिक क्षेत्रमा उदाएका हुन् । राजनीतिलाई व्यावसाय होईन सामाजिक कार्यको रुपमा लिनु पर्छ भन्ने भट्टराई गल्याङ नगरपालिका वडा नम्बर ३ मा काँग्रेसबाट एक मात्र निर्वाचित जनप्रतिनिधीको रुपमा वडा अध्यक्षमा निर्वाचित भएका थिए । उनको कुशल नेत्रित्वलाई देखेर यस पटक नेपाली काँग्रेसले गण्डकी प्रदेश सभा सदस्यमा भट्टराईलाई अगाडि बढाएको छ । युवाहरुमाझ चर्चामा रहेका महेश भट्टराई सामाजिक कार्यमा निकै सकृय रहेका ब्याक्ती हुन् । भट्टराईले यस क्षेत्रको बिकासका लागि पटक पटक काँग्रेस नेत्रित्व सँग भिमाद – चापाकोट – गल्याङ – मिर्मी – गुल्मी सडकलाई राजामार्गको रुपमा स्तरोनन्ती र कालो पत्रे गर्नु पर्ने माग उठाउदै आएका छन् । त्यसैले पनि भट्टराई यो पटक क्षेत्र नम्बर २ “ख” मा पहिलो रोजाईको रुपमा रहेका छन् । घर-दैलो अभियानलाई तिब्रता दीइरहेका भट्टराईको सामाजिक कार्यबाट प्रभाबित रहेर यस अगाडिका चुनावमा सुर्य र हसिया हतैडामा मत दिएका कालीगण्डकी गाउपालिकाका ७८बर्षका डम्बर रानाले यो पटक महेश भट्टराईले बिजयी हासिल गरेको देख्न चाहेको बताए ।




प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














