देशभर चुनावी सगर्मी बढीरहेको छ । बिभिन्न क्षेत्रका बिज्ञहरु समेत यस पटकको चुनावमा बिभिन्न पार्टिका तथा स्वतन्त्र उमेद्ववारको रुपमा आफुलाई अगाडि सारिरहेका छन् । स्याङ्जा क्षेत्र नम्बर २ ख मा पनि एक प्रतिष्ठित अस्पातल सन्चाल्क डाक्टर बुद्धिमान श्रेष्ठ नेकपा एमालेका तर्फबाट गण्डकी प्रदेश सदस्यको रुपमा उमेद्ववारी दिएका छन् । श्रेष्ठ तिनै ब्यक्ती हुन जो २०७३ सलामा नक्क्ली प्रमाणपत्र पेश गरी डाक्टर भएको भनी नेपाल प्रहरिको सिआईबीले पक्राउ गरेको थियो । उनी सँगै ३६ जना नक्कली डाक्टरलाई अनुसन्धानका लागि पक्राउ गरेको थियो ।

६ असार २०७३ मा नागरिक दैनिक पत्रीकामा प्रकाशित समाचारका अनुसार पक्राउ पर्ने डाक्टरहरुको सुचिमा दोस्रो नम्बरमा स्याङ्जा चापाकोट नगरपालिका कुवकोट घर भई हाल काठमाडौं बसुन्धारा चौकीमा डेन्टल अस्पताल सन्चालन गर्दै आईरहेका बुद्धिमान श्रेष्ठ पनि रहेका छन । उनै नक्क्ली प्रमाणपत्र पेस गरी आफुलाई डाक्टर बनेको आरोप लागेर सिबिआई द्वारा प्रकाउ परेका  श्रेष्ठलाई नेकपा एमालेले स्याङ्जा क्षेत्र नम्बर २ ख बाट गण्डकी प्रदेश सभा सदस्यको उमेद्ववारको रुपमा प्रस्तुत गरेको छ ।

श्रोत : नगरिक दैनीक अनलाईन

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ