सरिता गैह्रे,स्याङ्जा
गल्याङ नगरपालिकाकामा लैंगिक हिँसा विरुद्दको १६ दिने अभियान सम्पन्न भएको छ । शनिबार भएको सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजनामा प्रभात फेरि कार्यक्रम नगरपालिका कार्यालयबाट सुरु भई बजार परिक्रमा गरि सिटी हल गल्याङमा कार्यक्रम सभाको रुपमा पारीणत भएको थियो ।
कार्यक्रमका प्रमूख अतिथि गण्डकी प्रदेश सभा सदस्य महेश भट्टराईले समाजमा हुने शारिरीक, मानसिक, यौनजन्य, आर्थिक र सामाजिक तथा सांस्कृतिक लगायतका बिभिन्न हिंसा विरुद्धमा सिंगो समाज एकताबद्ध भएर लाग्नु पर्नेमा जोड दिएका छन्। व्यक्ति, समाज र सिंगो राष्ट्रलाई लैंगिक हिंसाको नकारात्मक प्रभावबाट बचाउँदै सभ्य, सुसंस्कारयुक्त समाज बनाउन सबैले आआफ्नो स्थान बाट भूमिका निर्वह गर्नु पर्ने बताउदै प्रदेश सभा सदस्य भट्टराईले हाम्रै समाजमा हुने कतिपय गलत अभ्यास, दुःखद् घटनाका कारण बन्ने नकारात्मक छविप्रति सजग हुँदै सबै प्रकारका हिंसाका कारक तत्वहरूलाई निर्मूल पार्नुपर्ने बताए । हरेक स्थानमा हुने लैंगिक हिँसा विरुद्द जागरुक हुनु भनेको सभ्य समाज निर्माणको पहिलो पाईला हो सदस्य भट्टराईले भने ।
विशेष अतिथि नगरप्रमुख गुरु प्रसाद भट्टराइले महिला सशक्तिकरणका कुरामा गल्याङ नगरपालिकाले प्राथमिकताका साथ काम गरिरहेको बताए । अब गोष्ठी, भाषण सेमिनार लगायतका कुराले मात्रै महिला सशक्तिकरण नहुने भन्दै उनले उद्यमशिलतालाई जोड दिनुपर्ने बताए । महिलामैत्री, वातावरणमैत्री नगर बनाउन नीति तथा कार्यक्रममार्फत कार्ययोजना तयार पारेर कार्यान्वयनमा जाने भट्टराइले बताए । उपप्रमुख हेमा न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्मा त्यसैगरी अतिथिको रुपमा ३ नम्बर वडाका वडा अध्यक्ष कृष्ण प्रसाद भट्टराई, ९ का वडा अध्यक्ष नामदेव खनाल, जन जागृति आमा समूहकी अध्यक्ष कला बस्याल, कार्यपालिका सदस्य पदमा भुसाल, बिष्णु माया बस्याल लगायतले लैंगिक हिँसा विरुद्दको बारेमा आफ्नो धारणा राखेका थिए ।


गल्याङ नगरपालिकाको समन्वयमा ” सभ्य समाजको पहिचान लैङ्गिक हिंसा बिरुद्धको अभियान ” भन्ने राष्ट्रिय नाराका साथ लैंगिक हिँसा विरुद्दको १६ दिने अभियान भव्यताका साथ् सम्पन भएको हो
विश्वव्यापी प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको रूपमा मनाउने गरिएको छ। सन् १९९१ देखि सुरु भएको कार्यक्रम नेपालमा पनि विविध कार्यक्रमका साथ मनाइन्छ। सन् १९६० मा डोमिनिकन गणतन्त्रका मिरावेल परिवारका तीन जना दिदीबहिनीलाई तत्कालीन त्रुजिलो तानाशाही सरकारले निर्मम हत्या गरेको थियो । उक्त हत्यालाई लिङ्गका आधारमा हुने राजनीतिक हिंसाको रूपमा लिने गरिन्छ । एकै परिवारका तीन जना दिदीबहिनी पेट्रिया, मिनर्भा र मारियाको हत्यालाई महिलाविरुद्धको हिंसाको रूपमा लिएर उनीहरूको सम्मान र सम्झनाका लागि १६ दिने अभियान मनाउन थालिएको हो।

प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














