काठमाडौँ, १८ फागुन
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले विमानस्थल (एयरपोर्ट) सुविधा र यात्रुमैत्री हुनुपर्ने बताउनुभएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज हवाई क्षेत्रका विभागीय प्रमुख तथा विमानस्थलसँग सम्बन्धित अधिकारीसँगको संयुक्त बैठकलाई सम्बोधनका क्रममा उहाँले विमानस्थल अझै पनि नागरिकको पहुँचमा नरहनुले गम्भीर प्रश्न उब्जाएको उल्लेख गर्नुभयो ।


“हामी सबै नेपालीलाई देश बनाउने हुटहुटी छ, राज्यले तोकेको परिभाषित जिम्मेवारीमा बसेर, शपथ खाएर देशको सेवा गर्ने वाचा गरेका छौँ”, पर्यटनमन्त्री किरातीले भन्नुभयो, “मन्त्रलयको कार्यक्षेत्रभित्र रहेको विमानस्थल देशको अनुहार हो, यो सुविधा र यात्रुमैत्री हुनुपर्छ । संसारको उदाहरणमा नेपालको विमानस्थल व्यवस्थापनको एउटा मोडल बन्नुपर्छ तर, अहिलेसम्म किन नागरिकको पहँुचमा विमानस्थल भएन यो गम्भीर प्रश्न हो ।”
उहाँले विमानस्थललाई यात्रुमैत्री बनाउन आवश्यक पूर्वाधार, बाहिर काउन्टर, घण्टाँै लाइन बस्नुपर्ने अवस्था समाधान गर्न आग्रह गर्नुभयो । विमानस्थलमा आवश्यक काउन्टर थप्न, बोर्डिङ लिने ठाउँसम्म अशक्त मानिसलाई सहयोग गर्ने व्यवस्था मिलाउन पनि उहाँले आग्रह गर्नुभयो ।
–––
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal










