सर्लाही, ५ चैत
मधेस प्रदेशका मिटरब्याजपीडित किसान तथा मजदुर सरकारलाई घचघच्याउन काठमाडौँको पैदलयात्रामा निस्केका छन् । स्थानीयस्तरमा पटकपटक आन्दोलन गर्दा न्याय नपाएपछि मधेस प्रदेशका मिटरब्याजपीडित किसान तथा मजदुर सरकारलाई घचघच्याउन काठमाडौँका लागि पैदलयात्रामा निस्केका हुन् ।
मिटरब्याजविरुद्धको सङ्घर्ष समितिको नेतृत्वमा सरकारलाई घचघच्याउन मधेस प्रदेशका मिटरब्याजपीडित काठमाडौँका लागि पैदलयात्रामा निस्केका छन् । पीडक साहु महाजनविरुद्ध चरणबद्धरुपमा आन्दोलन सुरु गरेका मिटरब्याजपीडित सरकारलाई आफ्ना गुनासा र समस्या सुनाउन भन्दै काठमाडौँसम्मको पैदलयात्रामा निस्केको महोत्तरीका मिटरब्याजपीडित मनोज पासवानले जानकारी दिनुभयो ।


उहाँका अनुसार मिटरब्याजी साहु महाजनले मधेस प्रदेशका आर्थिक अवस्था कमजोर रहेका धेरै मानिसलाई दुःख दिएका र त्यसबाट मुक्ति पाउनका लागि अभियान सुरु गरिएको हो । सर्लाहीबाट सङ्घर्ष समिति गठन गरेर करिब चार वर्ष पहिलादेखि सुरु भएको मिटरब्याज पीडितको आन्दोलन अहिले मधेस प्रदेशका साथै देशभरका धेरै स्थानमा सुरु भइसकेको छ ।
पीडित रमेश बुढाथोकीका अनुसार यसअघि काठमाडौँमा समेत आन्दोलन भएका र सरकाले मिटरब्याजी पीडितको समस्या समाधानका लागि पहल गर्ने आश्वासन दिएको भए पनि अहिलेसम्म सरकारले कुनै प्रकारका ठोस नीति नल्याएका कारण मिटब्याजीपीडित थप मारमा परेका छन् ।
–––
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal










