रेवा घिमिरे
काठमाडौँ, ६ वैशाख


उपराष्ट्रपति रामसहाय प्रसाद यादवले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य लाभको कामना गर्नुभएको छ । आज एक वक्तव्य जारी गर्दै उहाँले राष्ट्रपतिको सुस्वास्थ्य एवं शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको हो ।
राष्ट्रपति पौडेलको स्वास्थ्य उपचारका लागि आज भारत प्रस्थान गर्नुभएको छ । उहाँको दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स) अस्पतालमा उपचार सुरु भएको छ । राष्ट्रपति पौडेललाई स्वास्थ्यमा समस्या देखिएपछि मङ्गलबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना हुनुभएको थियो ।
नेपालको त्रिवि अस्पताल र भारतको एम्स अस्पतालका चिकित्सकबीच परामर्श हुँदा उहाँलाई थप अनुसन्धान एवं उपचारका लागि दिल्ली जान उपयुक्त हुने राय आएपछि राष्ट्रपति पौडेल आज भारतको एम्स अस्पताल जानुभएको हो ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














