मोरङ, १० वैशाख
कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङसमक्ष महालेखापरीक्षकको कार्यालयद्वारा पाँचौँ वार्षिक प्रतिवेदन (कोशी प्रदेश) पेश गरिएको छ ।

प्रदेश प्रमुख खापुङलाई प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित एक कार्यक्रमबीच नायब महालेखापरीक्षक पद्मप्रसाद आचार्यले नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन हस्तान्तरण गर्नुभएको हो ।

प्रदेश प्रमुख खापुङले कार्यालयले बेरुजु घटाउन दिएको सातबुँदे सुझाव कार्यान्वयन गरेमा मितव्ययी कायम भई जथाभावी हुने खर्च घट्ने धारणा राख्नुभयो ।

नायव महालेखापरीक्षक आचार्यले प्रतिवेदनमा उल्लेख गरिएकोे सुझावअन्तर्गत नीति तथा कानूनी व्यवस्था, आयोजना तथा कार्यक्रम व्यवस्थापन, बजेट व्यवस्थापन, खरिद व्यवस्था सार्वजनिक स्रोत र सम्पत्ति संरक्षण, भौतिक पूर्वाधार विकास र वित्तीय प्रशासन तथा आर्थिक अनुशासन कार्यान्वयन गरेमा बेरुजु घट्ने धारणा राख्नुभयो ।

प्रदेशमा बेरुजु तीन दशमलव ३६ प्रतिशत रहेको छ भने अद्यावधिक बेरुजु रु चार अर्ब ९६ करोड ३३ लाख ९४ हजार रहेको छ । प्रदेशमा सबैभन्दा बढी बेरुजु देखिएका मन्त्रालयहरूमा सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालय रु ४९ करोड ६२ लाख ७० हजार, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय रु ४६ करोड चार लाख १८ हजार, कषि मन्त्रालय रु २२ करोड ८३ लाख ४९ हजार, वन वातावरण तथा भूसंरक्षण मन्त्रालय रु नौ करोड ११ लाख १८ हजार र स्वास्थ्य मन्त्रालय रु छ करोड ७३ लाख ५९ हजार रहेको प्रतिवेदनमा उल्लेख छ ।
–––

प्रतिक्रिया

सम्बन्धित खवर

भोटेकोशी बाढी : रुकुम पश्चिमका १५ जना सम्पर्कविहीन राष्ट्रिय समाचार समिति (रासस) त्रिवेणी (रुकुम पश्चिम) १२ भदौः रसुवा बाढीमा रुकुम पश्चिम जिल्लाका १५ जना सम्पर्कविहीन भएका छन् । जिल्लाको मुसिकोट नगरपालिका, आठबिसकोट नगरपालिका, चौरजहारी नगरपालिका र सानीभेरी गाउँपालिकाका गरी १५ जना सम्र्पकविहीन भएका हुन् । सम्पर्कविहीन हुनेमा रसुवा भन्सार कार्यालयमा कार्यरत मुसिकोट नगरपालिका–२ रातामाटाका हरिबहादुर खड्का, गोसाइकुण्ड गाउँपालिकामा कार्यरत आठबिसकोट नगरपालिका–७ का खम्बु बोहरा र उहाँकी श्रीमती कोपिला केसी बोहरा, एक वर्षीया छोरी रहेको भएको सहायक प्रमुख जिल्ला अधिकारी केशवप्रसाद ओलीले जानकारी दिनुभयो । त्यस्तै त्यहाँस्थित जलविद्युत् आयोजनामा कार्यरत आठबिसकोट नगरपालिका–५ का चित्रबहादुर घर्ती र चौरजहारी नगरपािलका–१३ का रामबहादुर बिष्ट पनि सम्पर्कविहीन हुनुहुन्छ । रसुवा भन्सार कार्यालयमा कार्यरत सानीभेरी–७ का लक्ष्मी बुढाथोकी, चन्द्र बुढाथोकी, शिवलाल बुढाथोकी र दिलकुमारी घर्ती, चौरजहारी नगरपालिका–९ की सीमा बुढाथोकी , आठबिसकोट नगरपालिका–१० धाराखोलाकी तुलसा केसी, उहाँको ८ वर्षीय छोरा र ३ वर्षीया छोरी र दिदी भेटन गएकी आठबिसकोट नगरपालिका–१० कै २३ वर्षीया दिया केसी पनि सम्पर्कविहीन रहेको सहायक प्रजिअ ओलीले जानकारी दिनुभयो । बाढीमा फसेका रुकुम पश्चिमका तीन जना ५५ वर्षीय कमल घर्ती, ३८ वर्षीया अस्मिता घर्ती र ४ वर्षीया काजल घर्तीलाई उद्धार गरिएको जिल्ला प्रशासन कार्यालयले सार्वजजिक गरेको विवरणमा उल्लेख छ । –––

भर्खरै

ट्रेन्डिङ