दमौली, ११ वैशाख
आइतबार सम्पन्न तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० डा स्वर्णिम वाग्लेले पाँच हजारभन्दा बढी मतान्तरले अग्रता लिनुभएको छ ।

आइतबार राति ११ः४५ बजेदेखि मतगणना सुरु भएकामा आज बिहान १० बजेसम्मको नतिजाअनुसार उहाँले पाँच हजार दुई सय ५६ मतान्तरले अग्रता लिनुभएको हो । हालसम्म १३ वडाको मतपरिणाम सम्पन्न हुँदा डा वाग्लेले दस हजार दुई सय ५९ प्राप्त गर्नुभएको छ । नेपाली कांग्रेसका गोविन्द भट्टराईले पाँच हजार तीन मत प्राप्त गर्नुभएको छ भने नेकपा ९एमाले० का सर्वेन्द्र खनालले दुई हजार सात सय ९७ मत प्राप्त गर्नुभएको छ ।

आँबुखैरेनी–१, आँबुखैरेनी–२, आँबुखैरेनी–३, आँबुखैरेनी–४, आँबुखैरेनी–५, आँबुखैरेनी–६, भानु–१०, भानु–८, भानु–३, भानु–७, भानु–४, भानु–५ र भानु–११को मतगणना सम्पन्न भएकोे मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले जानकारी दिनुभयो ।

आँबुखैरेनी–१ मा एक हजार चार सय ५८ मत खसेकामा रास्वपाका वाग्लेले एक हजार ६५, नेपाली कांग्रेसका भट्टराईले दुई सय ६५ र नेकपा ९एमाले०का खनालले ५४ मत प्राप्त गर्नुभयो ।

–––

प्रतिक्रिया

सम्बन्धित खवर

भोटेकोशी बाढी : रुकुम पश्चिमका १५ जना सम्पर्कविहीन राष्ट्रिय समाचार समिति (रासस) त्रिवेणी (रुकुम पश्चिम) १२ भदौः रसुवा बाढीमा रुकुम पश्चिम जिल्लाका १५ जना सम्पर्कविहीन भएका छन् । जिल्लाको मुसिकोट नगरपालिका, आठबिसकोट नगरपालिका, चौरजहारी नगरपालिका र सानीभेरी गाउँपालिकाका गरी १५ जना सम्र्पकविहीन भएका हुन् । सम्पर्कविहीन हुनेमा रसुवा भन्सार कार्यालयमा कार्यरत मुसिकोट नगरपालिका–२ रातामाटाका हरिबहादुर खड्का, गोसाइकुण्ड गाउँपालिकामा कार्यरत आठबिसकोट नगरपालिका–७ का खम्बु बोहरा र उहाँकी श्रीमती कोपिला केसी बोहरा, एक वर्षीया छोरी रहेको भएको सहायक प्रमुख जिल्ला अधिकारी केशवप्रसाद ओलीले जानकारी दिनुभयो । त्यस्तै त्यहाँस्थित जलविद्युत् आयोजनामा कार्यरत आठबिसकोट नगरपालिका–५ का चित्रबहादुर घर्ती र चौरजहारी नगरपािलका–१३ का रामबहादुर बिष्ट पनि सम्पर्कविहीन हुनुहुन्छ । रसुवा भन्सार कार्यालयमा कार्यरत सानीभेरी–७ का लक्ष्मी बुढाथोकी, चन्द्र बुढाथोकी, शिवलाल बुढाथोकी र दिलकुमारी घर्ती, चौरजहारी नगरपालिका–९ की सीमा बुढाथोकी , आठबिसकोट नगरपालिका–१० धाराखोलाकी तुलसा केसी, उहाँको ८ वर्षीय छोरा र ३ वर्षीया छोरी र दिदी भेटन गएकी आठबिसकोट नगरपालिका–१० कै २३ वर्षीया दिया केसी पनि सम्पर्कविहीन रहेको सहायक प्रजिअ ओलीले जानकारी दिनुभयो । बाढीमा फसेका रुकुम पश्चिमका तीन जना ५५ वर्षीय कमल घर्ती, ३८ वर्षीया अस्मिता घर्ती र ४ वर्षीया काजल घर्तीलाई उद्धार गरिएको जिल्ला प्रशासन कार्यालयले सार्वजजिक गरेको विवरणमा उल्लेख छ । –––

भर्खरै

ट्रेन्डिङ