काठमाडौँ, ११ जेठ
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासङ्घले अहिलेको आर्थिक सङ्कट समाधानका लागि सहकार्यका गर्न विकास साझेदारसमक्ष आग्रह गर्नुभएको छ ।

समस्या समाधानका लागि रणनीति तय गर्ने, लगानीको वातावरण बनाउने, दक्ष जनशक्ति उत्पादन तथा रोजगारी सृजना गर्ने प्रमुख प्राथमिकतामा सहकार्य गर्न उहाँले आग्रह गर्नुभयो ।

भेटवार्तामा दिगो विकासका लक्ष्य प्राप्ति र अतिकम विकसित मुलुकबाट स्तरोन्नतिबाट पर्न सक्ने प्रभाव न्यूनीकरणका लागि सहकार्य गर्ने विषयमा छलफल भएको महासङ्घले जनाएको छ ।

स्तरोन्नतिलाई सहज बनाउन रणनीति तयार पार्ने क्रममा सरकार, निजी क्षेत्र र संयुक्त राष्ट्र सङ्घले सहकार्य गर्न सक्ने उहाँले बताउनुभयो । औपचारिक भेटमा संयुक्त राष्ट्रसङ्घ नेपाल कार्यालय र महासङ्घ सचिवालयका अधिकारीहरुको उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ