सरिता गैह्रे स्याङ्जा ,

स्याङ्जामा गाडी दुर्घटनामा परी एकको मृत्‍यु भएको छ  । जिल्ला समन्वय समिति स्याङ्जाको स्कारपियो गाडी दुर्घटना भएको हो । गाडी दुर्घटनामा परी चालकको मृत्यु भएको छ ।

अर्जुनचौपारी गाउँपालिका-३ खोले भन्ने स्थानमा दुर्घटना हुँदा सवारी चालक स्याङ्जाको वालिङ-४ एलादीका ३५ वर्षीय अमृत खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी गराएको छ। स्याङ्जाको सिरुवारीबाट स्याङ्जा सदरमुकामतर्फ फर्कंदै गरेको बा१झ ५८७८ नम्बरको गाडीमा सवार अन्य तीन जना घाइते भएका छन् ।

दुर्घटनामा परी जिल्ला समन्वय अधिकारी राजेन्द्र पौडेल, विद्युत् कार्यालय स्याङ्जाका सुपरभाइजर टीकाराम पौडेल र अम्बिका पौडेल घाइते भएका छन् । सिरुबारी बाट खोले  रापाकोट हुँदै सदरमुकामतर्फ जाने क्रममा गाडी सडकबाट ५० मिटर तल खसेर दुर्घटना भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ