
काठमाडौँ, ५ जेठ
गोकर्णेश्वर नगरपालिकाको प्रमुख पदमा विजय हासिल गरेको नेपाली कांग्रेसले जोरपाटीबाट सुन्दरीजलसम्म विजय जुलुस निकालेको छ ।
विजय ¥यालीमा नवनिर्वाचित नगरप्रमुख दीपक रिसाल, पूर्व नगरप्रमुख एवं कांग्रेस काठमाडौँ ३ नं क्षेत्रीय सभापति सन्तोष चालिसे, नवनिर्वाचिन वडाअध्यक्ष नारायणबहादुर सुवेदी, नन्दलाल श्रेष्ठ र राजीव थापालगायत नवनिर्वाचित वडा सदस्य, पार्टीका नेता कार्यकर्ताको सहभागिता थियो ।


विजय ¥यालीपछि सुन्दरीजलस्थित बिपी सङ्ग्रहालय पुगी कांग्रेसका संस्थापक नेता एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला, सर्वोच्च नेता गणेशमान सिंह र पहिलो सभामुख कृष्णप्रसाद भट्टराई, पार्टी नेता रामनारायण मिश्र, दिवानसिंह राई र योगेन्द्रमान शेरचनलगायत नेताको सालिकमा नवनिर्वाचित नगरप्रमुख रिसाललगायतका जनप्रतिनिधिले माल्यार्पण गर्नुभएको थियो ।
–
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














