काठमाडौँ,
१ साउन
पछिल्लो २४ घण्टामा १३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एक हजार ४७३ नमूनाको पिसीआर परीक्षण गर्दा ११४ र एक हजार ५६८ नमूनाको एन्टिजेन परीक्षण गर्दा २१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आज ५९ कोरोना सङ्क्रमणमुक्त भएका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ४३९ छ । सङ्क्रमितमध्ये एक हजार ३७० होम आइसोलेशन, ६९ संस्थागत आइसोलेशन, १८ आइसियू र एक जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । आज कोरोना सङ्क्रमणबाट थप एकको ज्यान गएको छ । नेपालमा हालसम्म कोरोना सङ्क्रमणबाट ११ हजार ९५३ को मृत्यु भएको छ ।


आज ३२ हजार ५१५ ले कोरोना विरुद्धको खोप लगाएका छन् । नेपालमा हालसम्म दुई करोड पाँच लाख १८ हजार ७६२ ले खोपको पहिलो मात्रा, दुई करोड चार लाख ४७ हजार ७६ ले दोस्रो मात्रा र ६८ लाख ७३ हजार १६ ले अतिरिक्त मात्रा खोप लगाएका छन् ।
–––
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














