२६ पुस, काठमाडौं । सोमबार नेपाल आयाल निगमले भारतीय आयाल कर्पोरेसनलाई १६ अर्ब रुपैयाँ भुक्तानी दिदैछ । नेपालले डिजेल, मट्टितेल, पेट्रोल र खाना पकाउने ग्यास किनेपछि रकम तिर्नैपर्ने भएकाले यो सामान्य प्रक्रिया भएको निगमक प्रवक्ता नागेन्द्रप्रसाद साह बताउँछन् । तर यसले नेपाली अर्थतन्त्रमा पार्ने असर सानो छैन ।

लगानी योग्य रकम (तरलता) अभावसँग जुधिरहेका नेपाली बैंकिङ क्षेत्रलाई अहिलेको परिस्थितिमा युद्ध लडिरहेको सिपाहीको गोली खोसिदिएसरह भएको छ । बैंकर्स संघका पूर्व अध्यक्ष भुवन दाहाल भन्छन्, ‘१६ अर्ब बैंकको निक्षेप घट्दा तरलतामा राम्रै असर गर्छ, यतिबेला अलि असहज अवस्था नै हो ।’ ऋणको अत्यधिक माग भएका बेला बैंकहरुलाई निक्षेप बढाउनुपर्ने बाध्यता छ, तर किनेको सामानको भुक्तानी गर्न बैंकबाट रकम झिकेर भारत पठाउँदा बैंकिङ क्षेत्र थप समस्यामा पर्छ ।

चालु आर्थिक वर्षको पहिलो ५ महिनामा ८ खर्ब ३८ अर्ब ४० करोड रुपैयाँको वस्तु आयात भएको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ५९.५५ प्रतिशत धेरै हो । गत वर्ष यो अवधिमा ५ खर्ब २५ अर्ब ४९ करोड रुपैयाँको वस्तु आयात भएको थियो । आयातको तुलनामा अत्यन्तै कममात्रै निर्यात हुँदा भुक्तानी सन्तुलन बिग्रिएको छ । चालु आर्थिक वर्षको ५ महिनामा १ खर्ब २ अर्ब ९२ करोड रुपैयाँको मात्रै वस्तु तथा सेवा निर्यात भएको छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी पछिल्लो समय अर्थतन्त्रलाई बाह्य क्षेत्रले दबाबमा पारेको बताउँछन् । आइतबार संसदको लेखा समितिमा उनले बढ्दो आयातका कारण अप्ठेरो अवस्था सिर्जना भएको बताए । शोधानान्तर घाटामा जानु पनि आयातको ठूलो भूमिका रहेको गभर्नर अधिकारीले बताएका छन् ।

एक देशले अर्को देशसँग गर्ने मुद्रा कारोबारको स्थिति भुक्तानी सन्तुलन हो । यसलाई शोधनान्तर स्थिति पनि भनिन्छ । आयातमुखी अर्थतन्त्र भएका मुलुकहरुमा शोधानान्तर घाटामा जान्छ । निर्यात धेरै गर्ने मुलुकहरुको भने शोधानान्तर बचतमा हुन्छ ।

चालु आर्थिक वर्षको चार महिनामा शोधनान्तर स्थिति १ खर्ब ५० अर्ब ३८ करोड रुपैयाँले घाटामा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब १० अर्ब ६५ करोड रुपैयाँ बचतमा थियो । अघिल्लो वर्ष कोरोना महामारीका कारण आयात कम भएकाले शोधानान्तर स्थिति बचतमा थियो । गभर्नर अधिकारी चालु आर्थिक वर्षको पाँच महिनामा घाटा अझ बढ्न सक्ने बताउँछन् ।

‘बढ्दो आयात तत्कालै धेरै घटिहाल्ने अवस्था नरहेकाले भुक्तानी सन्तुलन ट्रयाकमा तत्कालै आइहाल्न सक्ने अवस्था छैन’, गभर्नर अधिकारी भन्छन्, ‘पछिल्ला तथ्यांकहरु हेर्दा पाँच महिनामा यो बढ्न सक्ने देखिएको छ ।’

भुक्तानी सन्तुलन बिग्रनुका कारण

पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री भुक्तानी सन्तुलन दिनप्रतिदिन बिग्रदै गएको बताउँछन् । पछिल्लो २ वर्ष कोरोना भाइरसका कारण विश्व अर्थतन्त्रलाई नराम्रो असर गर्‍यो । कोरोना महामारीको समयमा खासै समस्या नपरेको भुक्तानी सन्तुलन महामारीपछि धेरै बिग्रिएको पूर्व गभर्नर क्षेत्री बताउँछन् ।

अहिले भुक्तानी सन्ुतलन बिग्रनुको अपजस राज्यलाई मात्रै लगाउन नमिल्ने उनको भनाइ छ । व्यापार व्यवसाय गर्नेहरुकै कारण पनि भुक्तानी सन्तुलन बिग्रिएको उनी बताउँछन् । ‘कोभिड पछि सबैले आफ्नो उद्योग–व्यवसाय धेरै चलाउन सक्यौं भने बढी कमाउन सकिन्छ भन्ने सोच्न थालियो’ उनले भने, ‘व्यवसाय धेरै राम्रो चलाउने भन्दै आयातमा बढी नै केन्द्रित भएको हामीले पायौं । आयात गरेर गरिने व्यापारमा बढी केन्द्रित हुँदा भुक्तानी सन्तुलन बिग्रियो ।’

अहिले भुक्तानी

प्रतिक्रिया

सम्बन्धित खवर

निर्वाचनमा उम्मेदवारले तथ्य र तर्कका आधारमा आफूलाई प्रस्तुत गर्नुपर्छः कावा प्रमुख आयुक्त भण्डारी राष्ट्रिय समाचार समिति (रासस) काठमाडौँ, ७ फागुनः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले राजनीतिक दल र उम्मेदवारलाई स्वतन्त्रतापूर्वक निर्बाध रूपमा चुनावी प्रचारप्रसार गर्न आह्वान गर्नुभएको छ । दशौँ निर्वाचन दिवसका अवसरमा आज एक सन्देश दिँदै उहाँले निर्वाचनमा खटिएका कर्मचारी, अनुगमनकर्ता, पर्यवेक्षक र आममतदातालाई आवश्यक सुरक्षाको प्रत्याभूतिसहित स्वच्छ, स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण रूपमा निर्वाचनमा सहभागी हुने उपयुक्त वातावरण तयार गर्न अपिलसमेत गर्नुभयो । कार्यवाहक प्रमुख आयुक्त भण्डारीले भन्नुभएको छ, “स्वच्छ, स्वतन्त्र, विश्वसनीय, पारदर्शी एवम् मितव्ययी निर्वाचन शान्ति, स्थिरता, समृद्धि र सुशासन भन्ने मूलमन्त्रलाई आत्मसात् गर्दै सबै सरोकार भएकाहरूसँगको समन्वय, सहयोग, साझेदारी र सहकार्यमा यही फागुन २१ गते हुने निर्वाचनले विद्रोहपछि भड्किएको अनुशासनलाई सही मार्गमा ल्याउने विश्वास गरेको छु ।” नेपालमा पहिलो आमनिर्वाचन अर्थात् प्रतिनिधिसभा सदस्य निर्वाचन विसं २०१५ फागुन ७ गते सुरु भई २०१६ वैशाख २१ गते सम्पन्न भएको थियो । यो नै नेपालमा बालिग मताधिकारका आधारमा सम्पन्न भएको पहिलो आमनिर्वाचन हो । नेपाली मतदाताले आफ्नो सार्वभौम अधिकारको प्रयोग गर्न पाएको सोही दिनको स्मरण गर्दै प्रत्येक वर्ष फागनु ७ गते निर्वाचन दिवस मनाउने गरिएको छ । गत भदौ २३ र २४ गतेको जेनजी विद्रोहपछि राष्ट्रपतिबाट घोषणा गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदानको दिन आउन अब १४ दिन बाँकी छ । यस पटकको निर्वाचन दिवस आयोगका लागि मात्र नभएर आममतदाता, नागरिक, राजनीतिक दल र उम्मेदवारका लागि पनि विशेष र अविस्मरणीय रहेको कावा प्रमुख आयुक्त भण्डारीको भनाइ छ । लोकतान्त्रिक शासन व्यवस्थालाई जीवन्त राख्न र उत्तरदायी बनाउन आवधिक निर्वाचनको भूमिका महत्त्वपूर्ण रहने र यो स्वाभाविक र लोकतान्त्रिक प्रक्रियाको एक हिस्सा भएको उल्लेख गर्नुभएको छ । कावा प्रमुख आयुक्त भण्डारीले उल्लेख गर्नुभएको छ, “लोकतान्त्रिक व्यवस्थामा जनताको मनोभावना, अपेक्षा र निर्णयको अभिव्यक्ति आवधिक रूपमा प्रकट भइरहनु अनिवार्य हुन्छ । आममतदाताले मताधिकारमार्फत प्रकट गर्ने अभिमतले शासन व्यवस्थालाई पुनर्ताजगी गर्छ । स्वच्छ, स्वतन्त्र र विश्वसनीय निर्वाचन नै वैध सरकारको आधार हो ।” स्वतन्त्र र निष्पक्ष प्रतिस्पर्धाबाट नियमित रूपमा जनप्रतिनिधि चुनिने प्रक्रियाले नै लोकतन्त्रलाई चिरस्थायी बनाउने भन्दै उहाँले निर्वाचनमा उम्मेदवारले तथ्य र तर्कका आधारमा आफूलाई प्रस्तुत गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । “निर्वाचनले नै शासनमा जनताको स्वामित्व सुनिश्चित गर्छ”, उहाँले भन्नुभएको छ । –––

भर्खरै

ट्रेन्डिङ