तिलोत्तमा, १६ कात्तिक
नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले नेपाली कांग्रेसले जारी गरेको घोषणापत्रकम कार्यान्वयन गर्नसक्ने विषय मात्र राखेको बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालयले बुटवलमा आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा आज डा महतले नेपाली कांग्रेसले जारी गरेको घोषणापत्र प्रचार गर्नका लागि नभएर काम गर्नका लागि भएको बताउनुभयो ।

“जे गर्न सकिन्छ त्यो राख्ने हो, काम गर्न नसक्ने किन राख्ने”, उहाँले प्रतिप्रश्न गर्नुभयो । उहाँले निर्वाचनपछि सबैभन्दा धेरै सिट नेपाली कांग्रेसले ल्याउने र त्यसको पार्टी सभापतिको हैसियतमा शेरबहादुर देउवालाई नै प्रधानमन्त्रीका रुपमा अगाडि सार्ने बताउनुभयो ।

नेपाली कांग्रेस निर्वाचन प्रचारप्रसार समितिका संयोजकसमेत रहनुभएका प्रवक्ता डा महतले एक सय ६५ सिटमध्ये ९१ सिटमा नेपाली कांग्रेसका उम्मेदवार भएकाले अन्य पार्टीभन्दा निश्चितरुपमा धेरै सिट आफ्नो पार्टीको आउने दाबी गर्नुभयो । पाँच वर्ष पहिले नेकपा एमालेले जारी गरेको घोषणापत्रमा उल्लेख भएका योजना र अहिले जारी गरिएको घोषणापत्रमा समेटिएका बुँदा जनतालाई झुक्याउनेभन्दा अरु नयाँ केही नभएको उहाँले दाबी गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ