मध्यविन्दु, ८ मङ्सिर
नेपाली कांग्रेसका नेता शशाङ्क कोइराला लगातार चौथो पटक नवलपरासी (बर्दघाट सुस्ता पूर्व) १ बाट विजयी हुनुभएको छ ।
कोइराला दुई हजार ८२ मत अन्तरले विजयी हुनुभएको हो । गठबन्धनका उम्मेदवार कोइरालाको २७ हजार एक सय २६ मत आउँदा नेकपा (एमाले) का कृष्णप्रसाद पौडेलको २५ हजार ४४ मत प्राप्त भएको थियो ।


त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतमको पक्षमा २३ हजार तीन सय एक मत प्राप्त भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सोही क्षेत्रबाट उहाँले लगातार चौथोपटक जित हासिल गर्नुभएको हो ।
विसं २०४८ देखि नेपाली कांग्रेस विजयी हुदै आएको नवलपरासी वर्दघाट सुस्तापूर्व क्षेत्र नं १ बाट वीपी कोइरालाका पुत्र नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा कोइराला पछिल्ला चार निर्वाचनमा विजयी हुनुभएको छ ।
डा २०१५ साल कात्तिक ८ गते बिराटनगरमा जन्मिनुभएको हो । उहाँ २०६४ सालको संविधान सभा निर्वाचनमा नवलपरासी निर्वाचन क्षेत्र नं १ बाट उम्मेदवार बन्नुभएको थियो ।
त्यसयताका आमनिर्वाचनमा उहाँ विजयी हुदै आउनुभएको छ । विसं २०७४ को निर्वाचनमा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा गण्डकी प्रदेशबाट नेपाली कांग्रेसका तर्फबाट उहाँ एकमात्र विजयी हुनुभएको थियो । यसपटकको निर्वाचनमा निकै चुनौतीका बीच पनि कोइराला आफ्नो विरासत कायम राख्न सफल हुनुभएको छ ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














