काठमाडौँ, ९ भदौ
क्रिकेट खेलाडी सङ्घ नेपाल (सिप्यान) को आयोजनामा क्रिकेट अवार्ड भदौ महिनामा हुनेभएको छ । खेलाडीले खेल क्षेत्रमा गरेको उल्लेखनीय मेहेनतको मूल्याङ्कन गर्दै यहीँ भदौ २४ गते अवार्ड वितरण गर्ने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजक सिप्यानका महासचिव तथा राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले बताउनुभयो ।


उक्त अवार्डमा विभिन्न पाँच विधामा खेलाडीलाई सम्मान गरिनेछ । जसमा वर्ष क्रिकेट खेलाडी पुरुष, वर्ष क्रिकेट खेलाडी महिला, वर्ष उदीयमान क्रिकेट खेलाडी, वर्ष उत्कृष्ट क्षण र विशेष अवार्ड गरी ५ विधामा पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ ।
वर्ष पुरुष खेलाडी र महिला खेलाडीले ट्रफिसहित जनही रु एक लाख ३२ हजार प्राप्त गर्नेछन । वर्ष उदीयमान खेलाडीले रु ६६ हजार पाउनेछन् । त्यसैगरी वर्ष उत्कृष्ट क्षणले भोटिङका आधारमा ६६ हजार र विशेष अवार्ड विजेताले रु एक लाख ३२ हजार प्राप्त गर्नेछन् । कोभिडका कारण गतवर्ष उक्त अवार्ड कार्यक्रम हुन सकेको थिएन । कोभिडपछि अहिलेसम्मको क्षणलाई मूल्याङ्कन गरेर वर्ष उत्कृष्ट क्षणको छनोट गरिने सिप्यानले जनाएको छ । —
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














