काठमाडौँ, १३ मङ्सिरः
नेपाल प्रिमियर लिग (एनपिएल)मा आजको दोस्रो खेल जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच हुँदैछ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा जनकपुरले टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ ।


तीन खेल खेलेर अङ्कविहीन अवस्थामा रहेको जनकपुर आज जीतको खोजीमा छ । जनकपुर अङ्कतालिकाको पुछारमा छ ।
प्रतियोगितामा अपराजित रहेको सुदूरपश्चिम भने चारवटै खेल जितेर अङ्क तालिकाको पहिलो स्थानमा छ । सुदूरपश्चिम आज विजयी भयो प्लेअफमा उसको स्थान सुरक्षित हुनेछ ।
आजै भएको पहिलो खेलमा लुम्बिनीले पोखरालाई तीन विकेटले पराजित गरेको थियो ।
—
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














