काठमाडौँ, २९ मङ्सिरः
क्रिकेटको महाकुम्भका रूपमा रहेको नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करण सम्पन्न भइसकेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा मङ्सिर १ गतेदेखि कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा सञ्चालित प्रतियोगिता शनिबार सम्पन्न भयो । प्रतियोगिता सम्पन्न भएसँगै विभिन्न ‘रेकर्ड’ बारे पनि चर्चा भइरहेका छन् ।


दोस्रो सिजनको उपाधि भिडन्तमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा भयो । फाइनलमा लायन्स छ विकेटले विजयी हुँदै च्याम्पियन भयो । रोयल्सले भने दोस्रोपटक पनि उपविजेतामै चित्त बुझायो ।
टस जितेर पहिला ब्याटिङ गरेको रोयल्स १९ दशमलव एक ओभरमा ८५ रनमा अलआउट भयो । जवाफमा लायन्सले नौ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । पहिलो संस्करणको फाइनलमा पनि रोयल्स जनकपुर बोल्ट्ससँग पाँच विकेटले स्तब्ध भएको थियो ।
च्याम्पियन बनेसँगै लायन्सले ट्रफीसहित रु एक करोड १० लाख पुरस्कार पायो । रोयल्सले भने रु ५१ लखमा चित्त बुझायो । यस्तै, प्रतियोगितामा तेस्रो भएको विराटनगर किङ्सले रु २५ लाख र चौथो स्थानमा पुगेको काठमाडौँ गोर्खाजले रु १५ लाख पुरस्कार पायो ।
लायन्सका कप्तान पौडेलले कार र मोटरसाइकल जिते
लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले टोलीलाई च्याम्पियन बनाउनुका साथै उत्कृष्ट खेल्दै कार र मोटरसाइकल जितेका छन् । लुम्बिनीको सफलता रोहितको प्रदर्शन निर्णायक रह्यो । ‘प्लेअर अफ दी टुर्नामेन्ट’ हुँदै रोहितले कार पाए । उनी सिजनमा सर्वाधिक २७६ रनकर्ताको सूचीमा दोस्रो स्थानमा रहे । यो नेपालको तर्फबाट सर्वाधिक रन हो । विनोद भण्डारी २६४ रनसहित नेपालका लागि दोस्रो स्थानमा रहे । रोहितले बलिङतर्फ पनि १० विकेट लिए । उनी उत्कृष्ट ब्याटरसमेत हुँदै प्रतियोगिताको ‘इमर्जिङ प्लेअर अफ दी टुर्नामेन्ट’ हुँदै पल्सर बाइक पाए ।
यसका साथै प्रतियोगिताभर १७ विकेट लिँदै सर्वाधिक विकेटकर्ताको सूचीमा संयुक्त (विराटनगरका सन्दीप लामिछाने र सुदूरपश्चिमका अविनाश बोहोरा) शीर्ष स्थानमा रहे, तर कम ‘इकोनोमी’का कारण सन्दीपले सर्वोत्कृष्ट बलर पुरस्कारसहित बाइक पाए । बोहरा ‘रेडबुल प्लेअर अफ दी टुर्नामेन्ट’ भए ।
प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी रुबेन ट्रम्पलमेन भए । उनले रु पाँच लाख पुरस्कार जिते । लुम्बिनीका तिलकराज भण्डारी ‘इनर्जेटिक प्लेयर अफ द टुर्नामेन्ट’ घोषित हुँदा लुम्बिनीकै शेर मल्लले ‘इमर्जिङ’ खेलाडी बन्दै बाइक हात पारे ।
गत वर्ष सुदूपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले कार जितेका थिए । मोटरसाइकल जनकपुरका ललित राजवंशीले हात पारेका थिए ।
‘ह्याट्रिक’ गर्ने बलरमा रोहित र शाहब
यो सिजनमा दुई बलरले मात्रै ह्याट्रिक गर्न सके । दुवै नेपाली बलर लुम्बिनी लायन्सका कप्तानसमेत रहेका रोहित पौडेल र काठमाडौँ गोर्खाजका शाहब आलम हु
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal










