सरिता गैह्रे, काठमाडौं

नेपाल जेसीज बर्ष २०२२ का राष्ट्रिय उपाध्यक्ष सिनेटर नरेश चन्द्र ओझाले तालिमा ब्यक्तित्व बिकासका लागि बुटी भएको बताएका छन् । हिजो शनिबार मनोहरा जेसीजद्वारा बर्ष २०२३ का शाखा पदाधिकारी तथा सदस्यहरुका लागि शाखाको सचिबालय थली काठमाडौंमा आयोजित प्री इन्डक्सन तथा शाखा पदाधिकारी तालिममा मनोहरा जेसीजका सदस्य तथा पदाधीकारीहरु लाई प्रशिक्षण दिने क्रममा सो कुरा बताउनु भएको थियो ।

३१ जना सदस्य तथा पदाधिकारीहरुलाई जेसीज के हो, किन जेसीमा लाग्ने, र जेसीजले कुन कुन क्षेत्रमा कार्य गर्दछ भन्ने बिषयमा सिनेटर ओझाले प्रशिक्षण प्रदान गर्नु भयो ।हरेक क्षेत्रमा युवाहरुलाई नेत्रित्वमा पुर्याउन समाजमा हुने बिभिन्न तालिमले बुटिको काम गएको छ । तालिमले युवाहरुमा निखारता ल्याउछ भन्दै अवसर पाउदा युवा तालिमबाट भाग्न नहुने कुरा प्रमुख प्रशिक्षक ओझाले तालिमका क्रममा बताउनु भयो । शाखाकी तालिम आयुक्त अस्मिता बोहराको सम्योजकत्वमा सम्पन्न तालिममा सस्थापक अध्यक्ष जगतराज ढुंगाना, निबर्तमान अध्यक्ष दिनेश अर्याल लगाएतले आफ्नो मन्तब्य राख्नु भएको थियो । कार्यक्रम सन्चालन २०२३ कि महासचिव प्रमिला चापागाईले गर्नु भएको थियो भने मनोहरा जेसीज बर्ष २०२३ का अध्यक्ष सुजिन प्रकाश थापाको अध्यक्षतामा तालिम कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा सम्पूर्ण सहभागीलाई तालिमको प्रमाणपत्र प्रदान गरिएको थियो भने निबर्तमान अध्यक्ष दिनेश अर्यालको पदावदी सफलता पूर्वक सम्पन्न गर्नु भएकोमा कदरपत्र द्वारा निबर्तमान अध्यक्षलाई सम्मान समेत गरिएको तालिम आयुक्त अस्मिता बोहराले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ