उमेश भट्टराई, काठमाडौं ।
नेपाली काँग्रेस मकवानपुर काठमाडौं सम्पर्क समितीद्वारा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई पदस्थापन गरेको छ। नेपाली काँग्रेस मकवानपुर काठमाडौं सम्पर्क समिती सभापति पुरुशोत्तम ठकुरीको अध्यक्षतामा सम्पन्न पदस्थापना कार्यक्रममा मकवानपुर जिल्ला भित्र र बाहिर रहेर मकवानपुरको समग्र बिकासका लागि योगदान प्रदान गर्नुहुने ब्यक्तित्वहरुलाई सम्मान गरेको छ ।


कार्यक्रममा नेपाली काँग्रेस मकवानपुरका नेता जयराम लामिछनेलाई सम्मन गरिएको छ। नेता लामिछनेले जिल्ला भित्र र बाहिर रहेर पनि नेपाली काँग्रेसको संगठन निर्माण र बिस्तारमा योगदान दिनु भएकाले उहाको सम्मानको कदर गर्दै कार्यक्रममा सम्मन गरिएको सम्पर्क समितिले विश्व समाचार लाई बताएको छ । सम्मान ग्रहण कार्यक्रमा बोल्दै काँग्रेस नेता लामिछनेले सम्पर्क समितीले गरेको कार्यको उच्च सम्मान गर्दै आफ्नो दिलो ज्यानले साथ दिए सम्म नेपाली काँग्रेस पार्टी र मकवानपुरबासिको साथमा रही कार्य गरिरहने बताउनु भयो । यो सम्मनले आफुलाई अझ सस्था प्रती जिम्मेवार बनाएको बताउनु भयो ।
काठमाडौं उपत्यकामा बिभिन्न पेसा ब्यवसाय गरी बसोबास गरेका प्रजातन्त्रप्रेमी मकवानपुर बासीहरुको उपस्थितिमा प्रजातन्त्र दिवसको अवसर पारेर गरिएको उक्त कार्यक्रममा शहिदको सम्झना गर्दै प्रजातन्त्र प्राप्त गर्न नागरिक तह बाट काँग्रेसले गरेको योगदानका बारेमा बिभिन्न ब्यक्तित्वहरुले समेत चर्चा गरेको कुरा सम्पर्क समिती सभापति तथा नेपाली काँग्रेसका नेता पुरुशोत्तम ठकुरीले बताउनु भयो ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














