सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले पूर्व गृहमन्त्री रवि लामिछाने सहित २६ जनालाई सोधपुछ गर्ने भएका छ । सहकारी ठगीमा पुर्पक्षका लागि थुनामा रहेका र बाहिर रहेका समेत २६ जनासँग सोधपुछ गर्न लागिएको सम्बद्ध स्रोतले जानकारी दियो ।

स्रोतका अनुसार समितिले वास्तविक तथ्य पत्ता लगाउन सोधपुछ गर्न लागेको हो । प्रहरी अनुसन्धान जसरी नभई सोधपुछ गरेर तथ्य पत्ता लगाउने तयारी छ ।

विदेश पलायन बाहेक २६ जनासँग सोधपुछ गर्ने तयारी भएको स्रोतले बतायो । पूर्व गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति लामिछाने, शिवशिखर सहकारी अध्यक्ष केदारनाथ शर्मा, कान्तिपुर सहकारी पूर्वअध्यक्ष तथा पशुपति सहकारी अध्यक्ष सीबी लामा लगायतसँग समतिले सोधपुछ गर्ने स्रोतको भनाइ छ ।

प्रहरीले चलाएको सहकारी ठगीका मुद्दा समेत अध्ययन गरेको छानबिन समिति सभापति सूर्य थापाले बताए । ‘सहकारी विभागमा रजिस्ट्रारको सरुवा छिटोछिटो हुने रहेछ । पूर्व रजिस्ट्रारसँग पनि छलफल गरेका छौं,’ थापाले भने, ‘सहकारी पीडितसँग पनि छलफल भयो । सहकारी क्षेत्रको भक्तिगान धेरै गरिएछ ।’

कमजोर कानुनी व्यवस्था बनेको, कानुनमा व्यवस्था भएर पनि कर्जा सूचना केन्द्र र सुरक्षण कोष न्यायाधीकरण कुनै पनि बन्न नसकेको जस्ता विषय देखिएको उनले बताए ।

‘अहिले भएका संरचनालाई कानुन संशोधन गरेर सम्बोधन गर्न सकिन्छ,’ थापाले भने, ‘सहकारीको बचत फिर्ता भएका उदाहरण पनि छन् । गुण कोअपरेटिभका सञ्चालक राजेन्द्र शाक्यलाई बोलाएर कसरी ५ अर्ब फिर्ता गरेको भन्ने विषयमा पनि छलफल गर्‍यौं ।’

ओरेन्टलका निलम्बित अध्यक्ष सुधीर बस्नेत, साझा सहकारी संस्थापक विश्वबन्धु थापासँग समेत छलफल गरेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ