बुटवल पावर कम्पनीले एकतर्फी महशुल बृद्धिगर्ने निर्णयले उपभोक्क्ता मारमा परेको भन्दै उपभोक्तले लगाएको ताला खोलीएको छ । बुटवल पावर कम्पनी अन्तर्गत स्याङजाको गल्याङ नगरपालिका ३ मा रहेको आधिखोला जलबिद्युत केन्द्रले ३९ देखि ६५ प्रतिशत सम्म विद्युत महशुल बृद्धि गरेपछी आन्दोलीत भएका उपभोक्ताले जेष्ठ २२ गते बुटवल पावर कम्पनी अन्तर्गतको आधिखोला बितरण केन्द्रको लेखा शाखामा तालाबन्धी गरेका थिए । स्थानिय जनताहरुले स्याम प्रसाद बस्यालको सम्योजकत्वमा सम्युक्त संघर्ष समिति निर्माण गरी निरन्तर आन्दोलन गर्दै आईरहेको थिए ।

विद्युत महशुल फिर्ता नभएसम्म आन्दोलन र कार्यालयमा लगाईएको ताला नखोलीने संघर्ष समितिले निर्णय गरको थियो । साउन २२ गते विद्युत नियमन आयोगले पुरानै मुल्य कायम गर्न कम्पनीलाइ पत्राचार गरेसंगै ताला खोलीएको संघर्ष समितिका संयोजक श्याम प्रसाद बस्यालले विस्व समाचारलाई बताए । ग्रामिण परीयोजना अन्त्रगत २०३९ सालमा स्थापना भएको केन्द्रले ४० हजार ग्राहकलाई बिद्युत बितरण गर्दै आईरहेको छ ।

बुटवल पाबर कम्पनीले महशुल बृद्धिको माग अनुसार बिद्युत नियमन आयोगले जेष्ठ १ गते देखि मुल्यबृद्धि गर्ने निर्णय गरेपछी उपभोक्ता यसको बिरोध स्वरुप प्रधानमन्त्री देखि मन्त्रीसम्म हारगुहार गर्दै आएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ