स्याङ्जाको हरिनास गाउँपालिकामा चोरी गरी फरार व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत देश बिहार राज्य जिल्ला बेतियाग्राम पंन्चायत ईनर्वा ५ बस्ने ३० वर्षीय मनोज कुमार महतो रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सुचना अधिकारी ईन्द्र बहादुर रानाले जानकारी दिनुभयो ।
महतोलाई शनिबार पर्साको विरगञ्ज महानगरपालिका १६ स्थित विरगञ्च बसपार्क हातभित्रबाट समानहरुसहित पक्राउ गरिएको हो । उनको साथबाट प्रहरीले जेनरेटर, कम्प्रेसर मेसिन, खराद मेसिन, रन्दा कटर साईजर मेसिन डाईनामो, नट बोल्ट खोल्ने रिन्चिहरु बरामद गरेको बताएको छ ।


हरिनास गाउँपालिका २ पुछौदी बस्ने ५० वर्षीय बाकृष्ण सिग्देलले संचालन गरेको होमिक्स समिल फर्निचर उद्योगमा रहेको समानहरु चोरी गरी महतो फरार भएका थिए । महतोलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाले ल्याई चोरी तथा डाँका सम्बन्धी कसूर मुद्दा गरी सोमबार जिल्ला अदालत स्याङ्जाबाट म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य गरिरहेको छ ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














