सनातन युवा मञ्चको आयोजनामा साउनको दोस्रो सोमबार बोल बम यात्रा गर्न हजारौको संख्यामा भक्तजन सुन्दरीजलमा पुगेका छन् । प्रत्येक वर्ष साउन महिनाको सोमबार वाग्मती नदीको किनारस्थित सुन्दरीजलमा जम्मा भएका भक्तजनले स्नान गरी शुद्ध कपडा लगाएर यहाँको जल पशुपतिनाथ मन्दिरमा लगेर चढाउने गर्छन् ।
आजको बोल बम यात्राको आयोजना बोल बम काँरिया सङ्घ र सनातन युवा मञ्च नेपालले गरेका छन् । आजको बोल बम यात्रामा करिब १० हजार बढी भक्तजनको उपस्थिति रहेको प्रहरी प्रभाग सुन्दरीजलले जनाएको छ ।


पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव सुभाषचन्द्र जोशीले राष्ट्रिय समाचार समितिलाई जानकारी दिँदै साउनको सोमबार पशुपतिनाथको दर्शनका लागि आउने भक्तजनहरूका लागि आज बिहान तीन बजेदेखि पशुपतिनाथका चारै ढोका खुला गरिएको बताए।

तस्विर श्रोत समाजिक संजाल
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














