

काठमाडौँ १८ जेठः
नियमित गस्तीमा रहेको प्रहरी टोलीले लागूऔषधसहित कैलाली र मोरङबाट चार जनालाई पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार कैलाली, टीकापुर नगरपालिका–९ सुनफाँटाबाट खैरो हेरोइनसहित दुई जनालाई आज दिउँसो पक्राउ गरिएको हो ।
यसैगरी, मोरङको रङ्गेली नगरपालिका–४ चोप्राहबाट खैरो हेरोइनसहित दुई जनालाई आजै पक्राउ गरिएको छ । अभियुक्तहरूले भारतबाट खैरो हेरोइन ल्याएका थिए । मोटरसाइकलसहित उनीहरूलाई नियन्त्रणमा लिएर कारबाही थालिएको जनाइएको छ । ्
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal










