पर्सामा वीरगञ्ज महानगरपालिकापछि पोखरियामा पनि हैजा संक्रमण पुष्टि भएको छ । अस्पतालका अनुसार मंगलबार तीन जनामा हैजा संक्रमण पुष्टि भएको हो । झाडापखला लागेर अस्पताल आएका एक बालक र दुई जना पुरुषमा हैजा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।
तीन जना मध्ये एक जनालाई थप उपचारका लागि वीरगञ्ज लगिएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार हैजाको संक्रमण पुष्टि भएका तीनै जना बिरामी वीरगञ्जमा बस्दै आएका र केही दिन अघि मात्रै उनीहरू पोखरीया आएका थिए ।अस्पतालमा दैनिक सात जना भन्दा बढी झाडापखलाका बिरामी उपचारका लागि अस्पताल आउने गरेको अस्पतालले जनाएको छ ।


वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य महाशाखाले सार्वजनिक गरेको तथ्यांक अनुसार बुधबार बिहानसम्म झाडापखला र हैजाका २२७ जना बिरामी निको भएर घर फर्किएका छन् । शुक्रबारयता ४९३ जना झाडापखलाका बिरामी उपचारका लागि वीरगञ्जका विभिन्न अस्पतालमा भर्ना भएका थिए । महाशाखाका अनुसार ३८ जना आईसीयूमा र ३ जना बिरामी एचडीसीयूमा उपचाररत छन् ।
वीरगञ्ज महानगरपालिकामा हैजा संक्रमितको संख्या ११५ पुगेको छ । मंगलबार साँझदेखि बुधबार बिहान १० बजेसम्म थप १ जनामा हैजा संक्रमण पुष्टि भएको हो । मंगलबार साँझसम्म ११४ जनामा हैजा संक्रमण पुष्टि भएको थियो ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














