यसअघि जारी भएको ६ बुँदे मापदण्ड खारेज गर्दै अध्यागमन विभागले भिजिट भिसा सम्बन्धी नयाँ मापदण्ड ल्याएको छ। २०८० माघ १० देखि लागू भएको ६ बुँदे मापदण्ड खारेज भएको समेत विभागले जनाएको छ।

यसअघि अध्यागमन र भिजिट भिसाको सम्बन्धमा विगतदेखि देखिएका समस्या समाधान गर्ने सम्बन्धी उच्चस्तरीय अध्ययन एवं छानबिन समिति, २०८२ ले अध्यागमन प्रशासनमा सुशासन तथा व्यावसायिकता प्रवर्द्धनका लागि उक्त ६ बुँदे मापदण्ड पुनरावलोकन गर्न सिफारिस गरेको थियो। सोहीअनुसार ६ बुँदे मापदण्ड लगायत यसअघि विभिन्न समयमा जारी गरिएका भिजिट भिसा सम्बन्धी प्रावधानहरू खारेज गरिएको विभागले जनाएको हो।

यही कात्तिक १३ गतेको मन्त्रिस्तरीय निर्णयअनुरूप विभागले चार बुँदे नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको जनाएको हो। अब भिजिट भिसामा विदेश जान यी चार कुरा भए हुने विभागले व्यवस्था गरेको हो।

नयाँ मापदण्ड अनुसार भिजिट भिसामा विदेश जाँदा ६ महिना अवधि भएको राहदानी, गन्तव्य मुलुकको भिसा, प्रस्थान गर्न गन्तव्यसम्मको हवा हवाई टिकट र आफू भ्रमण गर्ने प्रयोजनका लागि जान लागेको, सोका लागि आवश्यक कागजात साथमा रहेको र यसबाट सिर्जित परिणाममा स्वयं जिम्मेवार रहने समेत व्यवहोराको प्रस्थान गर्न व्यक्तिले गरेको  स्वघोषणा गरिएको हुनुपर्ने विभागले जनाएको छ ।।

यसअघि जारी भएको ६ बुँदे मापदण्डमा भने दुईतर्फी हवाई टिकट, होटेल बुकिङ, आफन्तकोमा बस्नेका लागि तीन पुस्ते विवरण लगायतका कागजात पुर्‍याउनुपर्ने प्रावधान राखिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ