प्रतिनिधिसभामा अपांगता भएका ५ जना सांसद भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट गंगा छन्त्याल र रमेश प्रसाईं, नेपाली कांग्रेसको तर्फबाट मदनकृष्ण श्रेष्ठ, नेकपा एमालेको तर्फबाट एशुदा कुमारी बराल र नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट प्रेम बहादुर बयक प्रतिनिधि सभा सदस्य भएका हुन् । ५ जना सांसद समानुपातिक निर्वाचन प्रणालीमार्फत प्रतिनिधिसभामा प्रतिनिधित्व गरीएको हुन् ।
यीमध्ये प्रसाईं खस आर्य पुरुष क्लस्टरबाट समानुपातिक सांसद भएका हुन् भने बाँकी ४ जना अपांगता क्लस्टरबाट आएका हुन् । पूर्वसांसद तथा अधिकारकर्मी प्रकाश पन्थ समानुपातिक प्रणालीमार्फत प्रतिनिधिसभामा अपांगता भएका व्यक्तिको प्रतिनिधित्व सुनिश्चित हुनुलाई समावेशी लोकतन्त्रतर्फको महत्वपूर्ण नीतिगत उपलब्धि मान्दछन् । प्रतिनिधिसभा, राष्ट्रिय सभा र सातै प्रदेशमा अपांगता भएका व्यक्तिहरूको अर्थपूर्ण तथा प्रभावकारी सहभागिता बढाउने दिशामा यो महत्वपूर्ण कदम भएको उनले बताए ।


केही महिना अघि राष्ट्रिय लोकतान्त्रिक अपांग संघको पहलमा सर्वोच्च अदालतमा रिट दायर गरिएको थियो । उक्त रिटमाथि सुनुवाइ गर्दै अदालतले अपांगता भएका व्यक्तिहरूको प्रतिनिधित्व सुनिश्चित गर्न निर्वाचन आयोग सहित सम्बन्धित निकायलाई आवश्यक व्यवस्था गर्न आदेश दिएको थियो ।
उक्त आदेशको प्रभावस्वरूप अब राजनीतिक दलहरूले प्रतिनिधि सभाको समानुपातिक सूचीमा कम्तिमा एक जना अपांगता भएका व्यक्तिलाई अनिवार्य रूपमा समावेश भएका हुन् ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














