२३ चैत, काठमाडौं


। प्रतिनिधिसभा हलमा सभामुख र सांसदहरूलाई समान कुर्सी व्यवस्था गरिएको छ ।
विगतमा सभामुखलाई विशेष किसिमको कुर्सी थियो । यसपटक पनि सभामुखको निर्वाचन हुनु अगाडि सभामुख र सांसद्का लागि फरक–फरक किसिमका कुर्सी राखिएका थिए
सभामुखमा डोलप्रसाद अर्याल आएसँगै सभामुख र सांसदहरूलाई समान कुर्सीको व्यवस्था गरिएको हो ।
‘सम्माननीय सभामुखले समान कुर्सीको व्यवस्थाका लागि आग्रह गर्नुभएपछि कलर मात्रै फरक गरेर सभामुख र सांसदहरूका लागि समान कुर्सीको व्यवस्था गरिएको हो,’ संघीय संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले भने ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal














