महेन्द्रनगर, २ वैशाखः

अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा यहाँस्थित सशस्त्र प्रहरी बल वैद्यनाथ बाहिनीले आज बिहान योगाभ्यास गराइएको छ ।

जीवन विज्ञान प्रतिष्ठानका योग प्रशिक्षकद्वय केदारमान कार्की र विश्वनाथ भट्टराईले योगाभ्यास गराउनुभएको थियो । योगाभ्यासमा दुई सय जना सहभागी थिए ।

त्यस अवसरमा निमित्त बाहिनीपति दिग्विजय सुवेदीले स्वास्थ्यका लागि ध्यान र योग उपयोगी र आवश्यक हुने भएकाले आरोग्यका निम्ति सबैले योगाभ्यास गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ