काठमाडौँ, १२ साउन :

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । नेता श्रेष्ठको उपचारका क्रममा आज ७९ वर्षको उमेरमा निधन भएको हो ।

“नेपालको लोकतान्त्रिक आन्दोलन, पार्टी सङ्गठन निर्माण र लोकतन्त्रको रक्षाका निम्ति उहाँको अविचलित भूमिका सधैँ प्रेरणादायी रहनेछ, “सभापति थापाले भन्नुभएको छ, “स्याङ्जाबाट सुरु भएका उहाँको राजनीतिक यात्रा, पार्टीको कार्यवाहक सभापति, पूर्व उपप्रधानमन्त्री, शिक्षामन्त्री तथा केन्द्रीय सदस्यका रूपमा पार्टी र देशका लागि पुर्‍याउनुभएको योगदान अविस्मरणीय छ ।”

यसैबीच कांग्रेसका निवर्तमान सभापति एवं पूवं प्रधानमन्त्री शेरबहादुर देउवाले शोक सन्देशमार्फत स्व श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । नेपालको लोकतान्त्रिक आन्दोलनमा उहाँले निभाउनुभएको अग्रणी भूमिका सधैँ स्मरणीय रहने पूर्वप्रधानमन्त्री देउवाले उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ