काठमाडौँ।


रसुवाकाे गोसाईंकुण्ड गाउँपालिका भोटेकोशीमा आएको बाढीले सबैभन्दा बढी प्रभावित भएको छ ।
बाढीले उक्त गाउँपालिकाको मुख्य कार्यालय भवन पूर्ण रूपमा बगाएको छ गाउँपालिकाकी उपाध्यक्ष, वडाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र कर्मचारीसहित २८ जना अझै बेपत्ता भएका छन् ।गोसाईंकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले क्षतिको अझै यकिन गर्न सक्ने अवस्था नरहेको बताए। विपद्पछि अस्थायी मुकामबाटै निरन्तर केन्द्र सरकार, प्रधानमन्त्री कार्यालय र अन्य सरोकारवाला निकायसँग समन्वय गरेर काम गरिरहेको अध्यक्ष तामाङले बताए।
अध्यक्ष आफैँ पनि शोकमा छन्। बाढीले उनका आफ्नै परिवारका ७ जना सदस्यसमेत बेपत्ता छन् । ‘सबैभन्दा बढी प्रभावित हाम्रै पालिका भएको छ । २८ जना बेपत्ता हुनुहुन्छ, अहिलेसम्म कसैको पनि न लास भेटिएको छ, न सास नै,’ अध्यक्ष तामाङले पीडाका साथ भने ।
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal










