१५ भदौ, काठमाडौं ।

रसुवाको स्याफ्रुबेसी टिमुरेबाट उद्धार गरिएका करिब ३ सय बाढीपीडितलाई काठमाडौंको नागार्जुन नगरपालिका-२ स्थित येलो गुम्बामा राखिएको छ ।

उक्त क्षेत्रका बाढीपीडितलाई गत शुक्रबारदेखि येलो गुम्बामा राख्न थालिएको हो । उक्त गुम्बामा पहिलो दिन ६२ जनालाई ल्याइएकोमा अहिले करिब ३ सय छन् ।

शनिबार र आइतबार अस्थायी बसोबासका लागि येलो गुम्बामा आउने पीडितहरूको संख्या बढे पनि सोमबारदेखि बढ्ने क्रम रोकिएको व्यवस्थापनमा खटिएका स्वयंसेवीहरूले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ