काठमाडौं । नागरिक लगानी कोषको अधिकृत तथा चुक्ता पूँजी वृद्धि गरी १० अर्ब रुपैयाँ पुर्‍याउने प्रस्ताव गरिएको छ।

कोषको आर्थिक क्षमता विस्तार, लगानीको दायरा बढाउन तथा सेवाग्राहीलाई थप प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले पूँजी वृद्धि गर्न लागिएको हो। प्रस्तावअनुसार हालको पूँजी संरचनालाई पुनरावलोकन गर्दै १० अर्ब रुपैयाँ पुर्‍याउने तयारी गरिएको छ।

अर्थमन्त्री वाग्लेले बदलिँदो आर्थिक परिवेश अनुसार नागरिक लगानी कोषलाई आधुनिक वित्तीय उपकरण तथा नयाँ लगानीका क्षेत्रमा प्रवेश गराउन आवश्यक रहेको बताए ।

उनले अब कोषले निजी इक्विटी (प्राइभेट इक्विटी), भेन्चर क्यापिटल लगायत क्षेत्रमा समेत लगानी गनसक्ने गरी कानूनी व्यवस्था अद्यावधिक गर्न खोजिएको बताए ।

पूँजी वृद्धि भएपछि कोषले ठूला तथा दीर्घकालीन लगानीका क्षेत्रमा थप लगानी गर्न सक्ने र वित्तीय रूपमा अझ बलियो बन्ने अपेक्षा गरिएको छ। प्रस्ताव सम्बन्धित निकायबाट स्वीकृत भएपछि कार्यान्वयनमा जानेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ