९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सदस्यमा मनोनीत गरिएका ११ जना महिलाको नाम निर्वाचन आयोगलाई जानकारी गराएको छ।

केन्द्रीय समितिमा एक तिहाइ महिला पुर्‍याउने उद्देश्यले २३१ जना निर्वाचित केन्द्रीय सदस्यमध्ये ११ जना महिला मनोनीत गरिएको कांग्रेसले जनाएको छ। महाधिवेशनमा प्रतिस्पर्धा नगरेका महिलालाई मनोनीत गरिएको हो।

मनोनीत हुनेमा सुजाता कोइराला, इश्वरी न्यौपाने, चन्दा चौधरी, लक्ष्मी पाण्डे, साहजान खातुन र निपा चोख्याललगायत छन्। बाँकी पाँच जनाको नाम भने सार्वजनिक गरिएको छैन।

विधानअनुसार कांग्रेसको केन्द्रीय समिति २९७ सदस्यीय हुनेछ। सभापतिले ६६ जना केन्द्रीय सदस्य मनोनीत गर्न सक्ने व्यवस्था रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ