९ मंसिर, काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पारित विधान तथा नवनिर्वाचित पदाधिकारीहरूको विवरण अद्यावधिक गरेको छ ।

निर्वाचन आयोगको बुधबार बसेको बैठकले कांग्रेसको अद्यावधिक विवरण अभिलेखमा समावेश गर्ने निर्णय गरेको आयोगका प्रवक्ता नारायण भट्टराईले जानकारी दिएका छन् ।

नेपाली कांग्रेसले गत असोज १९ देखि २३ गतेसम्म काठमाडौंको खुलामञ्चमा १५औँ महाधिवेशन सम्पन्न गरेको थियो । महाधिवेशनबाट पारित विधान र नयाँ पदाधिकारीहरूको विवरण आयोगमा पठाइएको थियो ।

आयोगले लामो समयसम्म विवरण अद्यावधिक नगर्दा विभिन्न कोणबाट प्रश्न उठ्दै आएका थिए । बुधबारको निर्णयसँगै कांग्रेसको नयाँ विधान र पदाधिकारीसम्बन्धी विवरण आयोगको अभिलेखमा अद्यावधिक भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ