काठमाडौं । काठमाडौं उपत्यकाका नदी किनारका जोखिमयुक्त बस्तीबाट हटाइएका सुकुमवासीलाई सरकारले शनिबारसम्म होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिएको छ ।

बुधबार दिउँसो जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट गएको टोलीले भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा सूचना टाँस्दै यस्तो निर्देशन दिएको हो ।

प्रशासनले टाँसेको सूचनाअनुसार होल्डिङ सेन्टरमा बसिरहेका सात परिवारका घरमूली वा परिवारका सदस्यको नाममा जग्गा रहेको पाइएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभाग र स्थानीय पालिकाबाट प्राप्त विवरणका आधारमा उनीहरू भूमिहीन नरहेको ठहर गरिएको हो ।

भूमि सम्बन्धी ऐन, २०२१ को दफा ५२क र ५२ख अनुसार भूमिहीन नरहने भएका ती सात परिवारलाई शनिबारसम्म होल्डिङ सेन्टर खाली गर्न भनिएको छ ।

बुधबार काठमाडौं उपत्यकाका विभिन्न नदी किनारका बस्तीबाट विस्थापित गरी बोडेस्थित तालिम केन्द्रमा राखिएका परिवारलाई सरकारले यस्तो समयसीमा दिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ