काठमाडौँ, २३ फागुन
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य रेखा शर्माले जनताको जीवनसँग जोडिएका मुद्दालाई प्रभावकारीरुपमा अघि बढाउन पार्टीका कार्यकर्तालाई निर्देशन दिनुुभएको छ ।

धादिङको गल्छी गाउँपालिका र धुनिबेँसी नगरपालिकाका कार्यकर्तासँगको भेटमा मन्त्री शर्माले सो निर्देशन दिनुभएको उहाँका प्रेस संयोजक नरेन्द्र केसीले जानकारी दिनुभयो । “हामी सकारको नेतृत्व गरिरहेका छौँ, बागमतीलगायत केही प्रदेशको पनि नेतृत्व गरेका छौँ”, उहाँले भन्नुुभयो, “कयौँ पालिका र वडा तहमा पनि हामीले नेतृत्व गरेका छौँ, यो बेलामा जनताले हामीबाट धेरै आशा गरेका छन् ।”

पार्टी र सरकारसम्म जनताका आवाज पु¥याउने मुख्य भूमिका स्थानीयस्तरका नेता कार्यकर्ताको हुने भएकाले यसलाई प्रभावकारीरुपमा अघि बढाउन नेता कार्यकर्ता निःस्वार्थ र सेवा भावसहित लाग्नुपर्ने मन्त्री शर्माको भनाइ छ । “हामी जनताकै जीवन परिवर्तनका लागि आफ्नो जीवनको समेत पर्वाह गरी राजनीतिमा लागेका छौँ, हामीसँगैका कयौँ साथी सहिद हुनुुभयो”, उहाँले भन्नुुभयो, “हामी जो जसले जे जिम्मेवारी पाएका छौँ, सहिदका सपना र जनताको भावनालाई केन्द्रमा राखेर अघि बढ्नुपर्छ ।”

–––

प्रतिक्रिया

सम्बन्धित खवर

भर्खरै

ट्रेन्डिङ