तिलोत्तमा, ४ चैत
नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले कांग्रेसबाट सरकारमा कसको नेतृत्वमा जाने भन्नेबारे अझै टुङ्गो लागिनसकेको बताउनुभएको छ ।


बुटवलमा नेपाल प्रेस युनियन रुपन्देहीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वमन्त्री केसीले यसबारे कांग्रेस केन्द्रीय कार्यसमिति र कार्य सम्पादन समिति कतै पनि छलफल र औपचारिक रूपमा निर्णय नभएको बताउनुभयो । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले विश्वासको मत प्राप्त गरेपछि मात्र कांग्रेसले सरकारमा कसलाई पठाउने भन्नेबारे निर्णय हुने उहाँको भनाइ थियो ।
उहाँले भन्नुभयो, “देश एक प्रकारको सहमतिमा गएको अवस्थामा अबको मुख्य समस्या गरिबी नै हो ।” उहाँले देशमा देखिएको गरिबी निवारण, बैंकिङ ब्याजदर, लघुवित्त समस्या समाधान गर्न सरकारको ध्यान तत्काल जानुपर्ने बताउनुभयो । दातृ निकायको सहयोग र ऋणमा देश तथा सरकार चल्नु राम्रो नभएको उल्लेख गर्दै नेता केसीले यसको समाधानतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो ।
–––
प्रतिक्रिया
भर्खरै
ट्रेन्डिङ
Copyright © 2026: Bishwa Samachar All Rights Reserved । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal










